विद्यालय समय विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बनाउने प्रस्ताव

काठमाडौं
सरकारले देशभरका सामुदायिक तथा निजी विद्यालय खुल्ने समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोक्न छलफल अघि बढाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले यस विषयमा छलफल भइरहेको जानकारी दिएका हुन्।


विद्यालय समय यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म समय रहेको थियो। प्रवक्ता शर्माका अनुसार यसबारेमा छलफल चलिरहेको भए पनि कुनै निर्णय भएको भने छैन। ‘देशभरका स्कुलहरुमा बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्‍चालन गर्ने विषयमा छलफल भइरहेको छ, निर्णय भने भइसकेको छैन।’ 

शिक्षा मन्त्रालयका अधिकारीका अनुसार निजी विद्यालय, सरकारी विद्यालय र सरकारी कार्यालयको समय समान हुँदा सडकमा चर्को सवारी जाम भइरहेको छ। उपत्यकासहितका देशका मुख्य सहरमा हुने ट्राफिक जामलाई व्यवस्थापन गर्न विद्यालयको समय हेरफेर गर्नेबारे छलफल थालिएको हो।
Previous Post Next Post