राशिफल - २०७७-०६-२९

 


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

छोटो दूरीको लाभदायक यात्रा हुनेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज कला र गलाको प्रभाव बढ्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । पुरानो रोकिएको धन हाता पनि पर्न सक्छ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । व्यवसायमा मन्दी आउने छ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दिन मध्यम छ, चोरबाट भय रहने छ र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा चाहीं हुन सक्छ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मान सम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा चल्ने छ । रमाइलो यात्राको योग पनि रहेको छ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ । सरकारी निकाएको भय रहला । कार्यक्षेत्र पनि संघर्षशिल नै रहने छ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र आफन्तको सहयोग लिन सकिने छ । वाहन लाभको योग छ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्ने छ । चिताएको कामले तीव्रता लिनेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।


मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । रमाइलो यात्रा पनि हुनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दबाब र तनाव बढेको महसुस हुनेछ । कार्य सम्पादनमा समस्या आउला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । वैदेशिक क्षेत्र कमजोर रहने छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्ने छ । आफन्तहरुको सहयोगले कार्यहरु अगाडि बढ्ने छन् । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।


ज्यो.प. नारायणप्रसाद दुलाल

Post a Comment

Hello

Previous Post Next Post