१२ मंसिर, जाजरकोट। जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना महिला, दुई जना पुरुष र एक जना बालिका रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।
दुर्घटनामा २५ जना घाइते भएका छन् । मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेहरूको उद्दार कार्य अझै जारी रहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा बताए।