मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक
उपाय खोजिरहेका हुन्छन् । कति पुरुष
आफ्नो श्रीमती या प्रेमिकाको योनी कसिलो नभएको कारणले
यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने
गरेको पाइएको छ । वास्तवमा योनी कसिलो,
खुकुलो कस्तो हुनुपर्छ ? यसबारे
केही चर्चा गरौँ ।
कसिलो योनी
-
कति पुरुष
महिलाको योनीभित्र
लिंग
पसाउन
गाह्रोहुनेगरी कसिलो हुने
गरेको अनुभव
सुनाउँछन्
।
महिला सम्भोगको लागि तयार
नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ
।
अर्को कारण,
पर्याप्त
मात्रामा प्राक्क्रीडा नगरेको कारण
उत्तेजनामा आउन
नसक्दा पनि योनी कसिलो हुन्छ । उक्त
बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस
पनि निस्केको हुँदैन । यस्तो बेलामा यौन
सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ ।
तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग
गर्न पाएकोमा गर्व गर्छन् ।
वास्तवमा योनीमा तनावको कारण संकुचित
भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु
आवश्यक छ ।
अतः महिला सम्भोगको लागि पूर्ण
रूपमा तयार हुँदा योनी सधँ लचकदार हुन्छ ।
प्रायः महिलालाई ३० मिनेट
जति प्राक्क्रीडाको लागि समय दिनुपर्छ ।
प्राकक्रीडा, प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन,
र शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ ।
यसो गर्दा महिलाको योनीको तनावपूर्ण
संकुचन कम भई योनी लचकदार हुन्छ ।
यस्तो बेलामा उत्तेजित लिंग पसाउनु
राम्रो हुन्छ ।समय दिएर प्राकक्रीडा गरेर
योनीमा लिंग पसाउँदा पनि महिलाले दुखाइ
महसुस गर्छन र सम्भोग गर्न मान्दैनन भने
भेजिनिसमस भन्ने रोग पनि भएको हुन सक्छ
। यस्तो भएमा तुरुन्त यौन रोग विशेषज्ञसँग
सल्लाह लिनुपर्छ ।
खुकुलो योनी - महिला उत्तेजनामा आएर
सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नै
योनी लचकदार वा खुकुलो हुन्छ । जुन
बेला योनीको मांसपेशी तनाव नभएर
विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू
महिलाको योनी लुज वा खुकुलो भएको ठानेर
कुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन् ।
यसले पुरुष-महिलाको सम्बन्धमा पनि खलल
पैदा हुन सक्छ । महिलाको योनीको खुकुलोपन
सम्भोगपश्चात् कायम रहन्न ।कतिपयले धेरै
सम्भोग गरेर योनी खुकुलो भएको ठान्छन् ।
यो पनि गलत धारणा हो । सम्भोग धेरै वा थोरै
गरेर योनी कसिलो वा खुकुलो हुने हुँदैन ।
योनीको मांसपेशीको विशेषता भनेको जस्तो आकारको लिंगसँग
ठीक हुन सक्छ । त्यही सानो योनीबाट
बच्चा जन्मन्छ ।
बच्चा जन्मिएको केही समयमा फेरि योनी पुरानै
आकारमा पुग्दछ । यो नै
योनीको विशेषता हो ।
केही महिलामा बच्चा जन्माएपछि योनीको मांसपेशी पुरानै
आकारमा आउन समय लाग्ने
वा केही खुकुलो हुन सक्छ ।
यस्तो अवस्थामा योनी सम्बन्धी केही कसरत
गर्न सकिन्छ ।
योनी कसिलो बनाउने तरिका -
योनी कसिलो भएमा भनेको यौन
क्रिडा गर्दा रमाइलो हुँदैन । तर
योनीको मांशपेशीलाई बलियो बनाउन सकेमा र
महिलाले चाहेको बेलामा लिंगलाई दबाव दिन
सके यौन क्रिडामा बढी रमाइलो हुन सक्छ ।
यस हिसाबको कसिलो बनाउन योनीको कसरत
गर्नु नै उत्तम उपाय हो ।केगेल कसरत
विधिः यौन चिकित्सकहरूले सल्लाह दिने केगेल
कसरत बारे बिबरण केही समयमा पोस्ट गरिने
छ । नियमित केही हप्तासम्म केगेल कसरत
गरेमा योनीको मांसपेशीमा कसिलोपन आउँछ ।
विदेशतिर योनी कसिलो बनाउन अपरेसन
गरी योनीको मांसपेशीलाई कसिलो बनाउने
पनि गर्छन् । अहिले
नेपालमा योनी कसिलो बनाउन
योनीमा लगाउने क्रिम, तेल, मसाजरहरूको धेरै
विज्ञापन गरिन्छ । तर, यस्ता साधन भरसक
प्रयोग नगरेकै राम्रो । यिनले
योनीको प्राकृतिक क्षमतालाई
हानि पनि पुर्याउन सक्छन् । यसबारे सचेत हुनु
जरुरी छ ।