फेर्दैछ फेसबुकले नीति

फेसबुकले सम्पूर्ण प्रयोगकर्तालाई
आउँदो जनवरी १
देखि आफ्ना नीति तथा शर्तहरुमा परिवर्तन
गर्न लागेको सूचना दिएको छ । तपार्इँले
आफ्नो फेसबुक अकाउण्टको नोटिफिकेसन चेक
गर्नुभयो भने त्यो देख्न पाउनुहुनेछ ।
फेसबुकका अनुसार प्रयोगकर्तालाई
फेसबुकको प्रयोग गर्नका लागि टिप्स दिइनेछ
र ती टिप्सले फेसबुक प्रयोगलाई मार्गनिर्देश
गर्नेछन् । यसले प्रयोगकर्तालाई फेसबुकले
कसरी काम गर्छ
तथा आफ्नो सूचनामा कसरी नियन्त्रण गर्ने
भन्ने कुरा सिक्न सहयोग गर्नेछ ।
फेसबुकका अनुसार
निम्नानुसारका विषयमा हुनेछ परिवर्तन :
आधारभूत गोपनियता (प्राइभेसी बेसिक्स)-
यसका माध्यमबाट प्रयोगकर्तालाई बताइनेछ
की उनीहरु कस्तो प्रकारले
फेसबुकमा आफ्नो सूचना तथा जानकारीमा नियन्त्रण
कायम गर्न सक्छन् ।
उदाहरणका लागि प्रयोगकर्ताले अनट्यागिङ,
अनफ्रेन्डिङ तथा ब्लकिङका बारेमा जान्नेछन्
। साथै आफ्ना हरेक पोस्टहरु कसलाई हेर्न
दिने भन्ने कुराको तय गर्ने विषय पनि सिक्न
पाउनेछन् । यो जानकारी ३६ भाषामा उपलब्ध
हुनेछ ।
तपाइँको नजिक के भैरहेको छ ?
फेसबुकले तपाइँलाई अब
यस्तो विषयमा पनि जानकारी दिनेछ जुन
तपाइँको लागि जान्नु आवश्यक हुन्छ ।
यो जानकारी तपाइँ भएको स्थान अर्थात्
लोकेसनको आधारमा दिइनेछ ।
उदाहरणका लागि यदि तपाइँ
आफ्नो फेसबुकमा लोकेसन शेयर गर्नुभयो भने
तपाइँको फेसबुक
अकाउण्टमा त्यसठाउँका रेष्टुरेन्टको मेनू,
सिनेमा हलहरु, पुस्तकालय
लगायतका विषयमा जानकारी उपलब्ध हुनेछ ।
खरीद गर्न हुनेछ सजिलो
फेसबुकले आफ्नो Buy बटनको परीक्षण
गरिरहेको छ । जसको मद्दतले फेसबुक
लगआउट नगरीकनै अनलाइनमार्फत किनमेल
गर्न सकिनेछ । यसका साथै फेसबुकले
पैसाको कारोबार अर्थात् मनी ट्रान्जेक्सनलाई
समेत सजिलो बनाउने विषयमा गृहकार्य
गरिरहेको छ ।
फेसबुक परिवारको बारेमा जानकारी
पछिल्ला केही वर्षमा फेसबुकको विस्तार
तिब्ररुपमा भैरहेको छ । फेसबुकले
आफ्ना प्रयोगकर्तालाई आफ्नो कम्पनी, एप्स
तथा सेवाका बारेमा जानकारी दिन चाहन्छ ।
उदाहरणका लागि यदि तपाइँ
इन्स्टाग्रामको पासवर्ड बिर्सनुभयो भने
आफ्नो फेसबुक
अकाउण्टको जानकारीका मद्धतले
इन्स्टाग्रामको पासवर्ड पुनःप्राप्ति गर्न
सक्नुहुन्छ ।
तपाइँ र विज्ञापन
प्रायः मानिसहरु यो जान्न चाहन्छन्
की विज्ञापनदाताहरुसँग
उनीहरुका बारेका जानकारी कसरी शेयर हुन्छन्
। फेसबुकले आफ्ना प्रयोगकर्तालाई
जानकारी नदिइकन उनीहरुका फेसबुक
वालमा आफुखुसी विज्ञापन प्रवाह गर्ने गर्छ

तर, अब भने फेसबुकले
आफ्ना प्रयोगकर्तालाई आफुले
नचाहेको विज्ञापन हेर्न नपर्ने छनोट गर्ने
अवसर दिनेछ । तपाइँले आफुले फेसबुक
चलाउँदा फेसबुक
वालमा कस्तो प्रकारको विज्ञापन नआओस्
भन्ने चाहनुहुन्छ त्यसलाई अब फेसबुकले
देखाइदिनेछैन र तपाइँको छनौटको विज्ञापन
मात्र प्रदर्शन गरिदिनेछ ।

Post a Comment

Hello

Previous Post Next Post