१७९ बर्ष जिवित भन्छन् "कालले मलाई विर्सिएछ"

हामी मध्ये धेरैलाई मृत्यूसँग डर लागिरहन्छ र
लामो जीवनको लागि कामना गरिरहेका हुन्छौं ।
तर यहाँ एउटा यस्तो मानिसको कथा छ,
जो १७९ वर्षसम्म बाँचेका छन् ।
महश्त मुरासी त्यस्ता वृद्ध हुन् जसले आफू
१८३५ मा जन्मिएको दावी गर्छन् ।
उनका सबै सरकारी कागजपत्रले
उनको दावीलाई पुष्टि गर्दछन् ।
उनको दावी साँचो हुने हो भने उनी विश्वकै
सबैभन्दा जेठो मानिस मात्र होइन, मानव
इतिहासमै अहिलेसम्म सबैभन्दा बढी बाँच्ने
मानिसको रेकर्ड समेत बनाएको गिनिज बुक
अफ वल्र्ड रेकर्डमा उल्लेख छ ।
‘मेरा हजुरबुवा बितेको धेरै भइसक्यो । तर
मलाई कसरी कालले बिर्सिएको होला ?’
उनी बताउँछन् । उनको सरकारी कागजात
अनुसार उनी ६ जनवरी १८३५
मा भारतको बंग्लोरमा जन्मिएका थिए ।
उनी वाराणसीमा १९०३ मा आएका थिए,
जहाँ उनले १९५७ सम्म काम गरे । उनी १२२
वर्षमा रिटायर्ड भएका थिए ।
इन्डिया डट कम लाई उनले भने,
‘मेरा नातिनातिनाहरु समेत बितेको धेरै
भइसक्यो । अब त मलाई कालले सम्झन्छ
भन्ने कुरामा पनि आशा मरिसक्यो ।’

Post a Comment

Hello

Previous Post Next Post