विश्वकै अहिलेसम्मै होचा मानिसको रुपमा गिनिज बुकमा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगी र
सबैभन्दा अग्ला मानिस टर्कीका सुल्तान
कोसेनबीच पहिलो पटक भेट भएको छ ।
१ फिट अग्ला ७५ वर्षीय डाँगी र ८ फिट
इन्च अग्ला ३१ वर्षीय सुल्तानले एक
आपसमा ऐतिहासिक भेट गर्दै हात
मिलाएका हुन् । ‘गिनिज वर्ल्ड रेकर्डस्
डे’को अवसरमा आयोजित कार्यक्रममा भाग
लिन तथा गिनिज बुक अफ वर्ल्ड
रेकर्डसको ६० औँ
वर्षगाँठका अवसरमा बेलायतको लण्डनस्थित
सेन्ट थोमस अस्पतालमा यी दुइबीच भेट
भएको हो ।
चन्द्रबहादुर र सुल्तानबीच पहिलोपटक भेट
भएसँगै यी दुइ किर्तिमानी पुरुषले अब एक
अर्काबीच सम्पर्क बढाउने
योजना पनि बनाएका छन् ।
सुल्तानले भनेका छन्-‘मलाई आशा छ अब
हामी साँच्चीकै असल मित्र बनेका छौँ र सँगै
धेरै चिज गर्छौँ ।’ साथै सुल्तानले अब आफुले
चन्द्र बहादुरलाई टर्कीमा बोलाउने भन्दै
आफ्नो निम्तो उनले स्विकार गर्ने
आशा समेत व्यक्त गरेका छन् ।
चन्द्र बहादुरलाई भेट्न पाउँदा आफुलाई निकै
खुसी तथा आश्चर्य लागेको उनले बताए ।
पेशाले खेतीकिसानी गर्ने सुल्तानले सन्
२००९ मा विश्वको सबैभन्दा अग्लो जिवित
मानिसको रुपमा गिनिज बुकमा नाम दर्ज
गरेका हुन् । उनी अघि चीनका सी शु
विश्वको सबैभन्दा अग्लो मानिसको रुपमा थिए
।
सुल्तान
विश्वको सबैभन्दा ठूलो हत्केला भएका मानिस
पनि हुन् ।
उनकोनाडीदेखिमाझीऔंलाकोटुप्पोसम्मकोलम्बाइ
११.२२ इन्च छ ।
जबकी चन्द्रबहादुर भने विश्वमा मानव
इतिहासमा अहिलेसम्मकै
सबैभन्दा होचा मानिस हुन् र उनको उचाइ
साढे २१ इन्च मात्रै छ ।
सुल्तान भन्छन्-‘चन्द्र बहादुर होँचा छन् र
म अग्लो छु तर हामी दुबैले जिन्दगीभर
गरेको संघर्ष समान छ । जब मैले
चन्द्रको आँखामा हेरेँ उनी असल मान्छे हुन्
भन्ने लाग्यो ।’
चन्द्र बहादुरको खुसी पनि बेग्लै छ । ‘म
नेपालको सानो ठाउँमा थुनिएको थिएँ । अहिले
विश्वभर तथा सबैमाझ चिनिएको छु ।
विश्वका सबै मानिसले म
सबैभन्दा होँचो मानिस हुँ भन्ने जानेका छन् ।
त्यसैले म निकै खुसी छु ।’
भ्रमण गर्नु
आफ्नो जीवनभरको सपना भएको भन्दै उनले
लण्डनमा आउन पाउँदा आफू गौरवान्वित
भएको र सुल्तानसँगको आफ्नो भेट विशेष
रहेको उनी बताउँछन् ।
‘विश्वमा नेपालको प्रतिनिधित्व गर्न
पाउँदा मलाई अति नै गर्व लाग्छ । मैले
पाएको समर्थनका कारण म निकै खुसी छु’-
चन्द्रबहादुर भन्छन् ।
एजेन्सीको सहयोगमा