काठमाडौ : मलेसियामा भएको आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन तीन क्रिकेट प्रतियोगिताको उपाधि जितेर नेपाली राष्ट्रिय क्रिकेट खेलाडी स्वदेश फर्किएका छन्। शुक्रबार मध्यान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका खेलाडीलाई सरकार, राखेप र क्यानका पदाधिकारीले स्वागत गरेका छन्।
नेपालले बिहीबार मलेसियामा भएको फाइनलमा युगान्डालाई ६२ रनले हराएको थियो। बर्मुडामा भएको अघिल्लो संस्करणको फाइनल नै हराएर नेपालले पहिलोपटक डिभिजन
तीनको उपाधि हात पारेको थियो।
फाइनलमा नेपालले ब्याटिङ र बलिङ
दुवैमा राम्रो प्रदर्शन गरेका थिए।
ब्याट्सम्यानले आकर्षक प्रदर्शन
गरेपछि नेपालले ४९.५ ओभरमा सबै विकेट
गुमाएर दुई सय २३ रन जोडेको थियो।
सुरुका तीन ब्याट्सम्यान सागर पुन, नरेश
बुढाऐर र ज्ञानेन्द्र मल्लले अर्धशतक
बनाएका थिए। विजयलक्ष्य पछ्याउने
क्रममा युगान्डा ४४.१ ओभरमै केवल एक सय
६१ रन बनाउँदै अलआउट भयो।
बलिङतर्फ नेपालका स्पिनर
प्रभावशाली देखिएका थिए भने भुवन
कार्कीले चार, वसन्त रेग्मीले दुई
तथा शक्ति गौचन र सागर पुनले एकएक
विकेट लिएका थिए। फास्ट बलर सोमपाल
कामीले एक विकेट लिएका थिए भने
युगान्डाका प्रारम्भिक ब्याट्सम्यान रोजर
मुकासाले ५१ रन जोडेका थिए।