एक श्रीमानले गराइदिए आफ्नै श्रीमतीको विहे प्रेमी संग



बलिउडको ब्लकबस्टर फिल्म ‘हम दिल दे चुके सनम’ को स्क्रिप्ट झैं भारतको कानपुरस्थित एक श्रीमानले विवाहको तीन महिना नबित्दै श्रीमतीलाई उनका प्रेमीसँग विवाह गराइदिएका छन् ।  

गत बुधबार सानिग्वान गाउँमा पुलिसको रोहबरमा गोलु भनिने सुजितले आफ्नी श्रीमती शान्तीको विवाह लखनउ बस्ने उनका प्रेमी रविसँग गराइदिए ।

सानिग्वानका स्थानीय सुजितले श्याम नगरकी शान्तीसँग गत फेब्रुअरी १९ तारिखमा विवाह गरेका थिए । उक्त विवाह हिन्दु रितिरिवाज अनुरुप भएको थियो । यद्यपी, १५ दिनपछि शान्ती माइती गइन् ।

‘शान्ती निकै दिनसम्म पनि फर्किनन् । सुजितले घर नफर्कनुका कारणबारे शान्तीलाई सोधे । सुरुमा त उनले सुजितको प्रश्न बेवास्ता गरिन् । तर एकदिन शान्तीले सुजितको अगाडि रुँदै अरुलाई नै माया गर्ने बताउँदै सुजितसँग परिवारको दबाबमा परेको विवाह गरेको बताइन्,’ स्रोतले भन्यो ।

सुजित यो सबै सुनेपछि सुरुमा त चिन्तित भए तर पछि उनले श्रीमतीलाई उनका प्रेमीसँग विवाह गराइदिने बचन दिए । यसका लागि सुजितले आफ्नो परिवारलाई पनि मनाए ।

‘त्यसपछि उनले रविलाई भेटे । रविले पनि शान्तिसँगको आफ्नो सम्बन्ध स्विकारे । त्यसपछि उनले विवाहको योजना बनाए र यसबारे पुलिसलाई पनि सुचित गरे,’ स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले बतायो ।

त्यसपछि बुधबार उनीहरु सानिग्वानको हनुमान मन्दिरमा विवाहका लागि जम्मा भए । उनीहरुको विवाहमा थुप्रै स्थानीय पाहुनाको उपस्थिती थियो ।

‘सुरुमा नकारात्मक कुराहरुले डेरा जमाएका थिए । मैले दुबैको हत्या गरिदिन्छु भनेर पनि सोचें तर मैले यसो गरेँ भने तीनजनाको जीवन र उनीहरुको परिवार बर्बाद हुने सोचें । त्यसकारण घरका सदस्य र स्थानीयसँगको सल्लाहपछि मैले खुसीसँग जीवनयापनका लागि निष्कर्ष निकालें,’ सुजितले भने ।

प्रेमीसँग विवाह गरेपछि शान्तीले भनिन्, ‘मलाई पूर्ण विश्वास थियो कि मैले आफ्नो प्रेम पाउनेछु । यसका लागि म गोलुको सहयोग जीवनभर बिर्सने छैन ।’

प्रेमी रवीका अनुसार दुबै एकअर्कालाई निकै माया गर्छन् । उनी भन्छन्, ‘हाम्रो सम्बन्ध तीन वर्ष पुरानो हो । हामी एक मिसकलमार्फत साथी बनेका थियौं । आज हाम्रो प्रेमले पूर्णता पाएको छ ।’

विवाहपछि विदाईका क्रममा सुजित क्वाँक्वाँ रोएको बताइन्छ ।

Post a Comment

Hello

Previous Post Next Post