२८, साउन, काठमाडौं : देशभर अझै ५० हजार शिक्षक आवश्यक रहको तथ्यांकले देखाएको छ।
सरकारद्वारा गठित शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले तयार पारेको तथ्यांकमा करिब ५० हजार शिक्षक अपुग भएको देखाएको नेपाल समाचारपत्र दैनिकमा खबर छ।
कार्यदलले सबैभन्दा बढी नि.मा.वि. तहमा शिक्षक अपुग भएको देखाएको छ। सो तहमा करिव २५ हजार शिक्षक अपुग भएको पाइएको छ। कार्यदलका संयोजक एवं पूर्वसचिव महाश्रम शर्माले प्रा.वि. तहमा करिब एक हजार, मा.वि. मा २१ हजार र कक्षा ११ र १२ का लागि झण्डै ४ हजार शिक्षकको दरबन्दी आवश्यक रहेको जानकारी दिए।
शिक्षक अभावका कारण सरकारी विद्यालयको शैक्षिक गुणस्तर घट्दै गएका कारण सरकारले गुणस्तर र नयाँ शिक्षकको दरबन्दी निर्क्याेल गर्न कार्यदल गठन गरेको थियो। देशभर १ लाख ५० हजार सरकारी शिक्षक छन्। प्रा.वि. तहमा १ लाख २ हजार नि.मा.वि.मा २५ हजार र माविमा १९ हजार शिक्षक कार्यरत छन्।

