जापानको एक दम्पतीले मनायो वैवाहिक जिवनको ८० औँ वर्षगाँठ


एजेन्सी 

जापानमा एक दम्पतीले वैवाहिक जीवनको ८० औं वर्षगाँठ मनाएको छ। १०८ वर्षीय माआयो र १०० वर्ष की मियाकोले भर्खरै आफ्नो ८० औं वार्षिकोत्सव मनाएका हुन्। 

उनीहरु विश्वको सबैभन्दा बढी समयका विवाहित जोडी बनेर 'गिनिज बुक'मा नाम पनि लेखाइसकेका छन्। उनीहरू अहिले एक वृद्धाश्रममा बस्दै आएका छन्। सन् १९३७ मा यो जोडीले गरिबीका कारण कुनै समारोह नगरीकन विवाह गरेको थियो। अहिले उनीहरूका पाँच छोरी १३ नातिनी र २५ जना पनातिनी छन्। यो उमेरमा पनि स्वस्थ देखिएका माआयोले यति लामो समयसम्म वैवाहिक सम्बन्धमा रहनुको रहस्य एकअर्कालाई बुझ्नु र धैर्य गर्नु भएको बताए। 

त्यस्तै १०० वर्षको उमेर पुगेकी मियाको भनाइ पनि त्यस्तै छ। उनले भनिन्, 'धैर्य र सहिष्णुताकै कारण यति लामो समयसम्म सम्बन्धमा रहन सहयोग पुर्याएको हाे।' जापानी सेनामा कार्यरत रहँदा विवाह गरेका माआयोले विश्वयुद्धमा पनि काम गरेका थिए। यसअघि लामो समय वैवाहिक जीवन बिताउने नर्वेका एक जोडी थिए। तर सन् २००४ मा श्रीमतीको निधन भएका थियो। 

विश्वमा सिंगापुरपछि जापानीहरूको औसत आयु बाँच्नेमा दोस्रो स्थानमा रहेको छ। उनीहरूको औसत आयु ८४ वर्ष रहेको जापानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

Post a Comment

Hello

Previous Post Next Post