नेपाल घुम्न आएका २६ पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइयो


काठमाडौँ 

नेपाल घुम्न आएका ३६ विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाइएको छ।

कोरोना भाइरस डिजिज (कोभिड-१९) रोकथाम तथा नियन्त्रण अभियानअन्तर्गत विमानस्थल अध्यागमन कार्यालयले सोमबार उनीहरूलाई फिर्ता पठाएको हो।

कोरोना भाइरस सङ्क्रमण नभएको पुष्टि गर्ने स्वास्थ्य प्रमाणपत्र नल्याई आउने पर्यटकलाई फर्काउने नीतिअन्तर्गत कोरोना भाइरस संक्रमण नभएको पुष्टि गर्ने प्रमाणपत्र नल्याई आएका ३६ विदेशीलाई विमानस्थलबाटै फर्काइएको अध्यागमन कार्यालयका एक अधिकारीले बताएका छन् ।

सरकारले नेपाल आउने विदेशी नागरिकले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा ७ दिनको स्वास्थ्य प्रमाणपत्र बुझाउनुपर्ने नियम बनाएको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयबमोजिम गृह मन्त्रालयले अनअराइभल भिसा दिन बन्द गर्दै नेपाल आउन चाहने विदेशीले सम्बन्धित मुलुकस्थित नेपाली दूतावासबाटै भिसा लिनुपर्ने नियम लगाइएको छ ।

नोबल कोरोना भाइरस (कोभिड १९) ले विश्वव्यापी महामारी रूप लिइरहँदा नेपालमा उच्च सतर्कता अपनाइएको छ।
Previous Post Next Post