कोरोनाको कारण मृत्यु हुनेको संख्यामा इटालीले उछिन्यो चिनलाई, भारतमा पनि मृत्यु हुनेको संख्या चार पुग्यो

ईकटुवाल/काठमाडौं
चिनको वुहानमा पहिलो पटक पहिचान भएको कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु हुनेको संख्या इटालीमा तिव्र गतिमा बढेको छ। थप ४ सय २७ विरामीको मृत्यु भए संगै इटालीमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको हो। यो संख्या पहिलो पटक कोरोना भाइरस पहिचान भएको देश चिनको भन्दा १ सय ५७ ले बढी हो।

त्यसैगरी छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या चार पुगेको छ। हिजो थप एकजना संक्रमितको मृत्यु भएपछि यो संख्या चार पुगेको हो। हालसम्म भारतमा १ सय ९४ मा कोरोना संक्रमण पुष्टि भएको छ। ती मध्ये २० जनाले पूर्ण स्वास्थ्यलाभ गरी सकेका छन् भने ४ जनाको मृत्यु भएको छ। हाल भारतमा १७० जनामा कोरोना संक्रमण छ।
Previous Post Next Post