भारतको नयाँदिल्लीबाट प्यूठान आएका एक ब्यक्तिको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ। गत सोमबार घर आएका ऐरावती दुई नेपानेका बिरामीमा कोरोना भाइरसको संक्रमण भएको आशंकामा ऐरावती गाउँपालिकाको आर्थिक सहयोगमा चेकजाँचका लागि मंगलबार लुम्बिनी प्रादेशिक हस्पिटल बुटवल लगिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो।