कोरोना अपडेट : मृत्यु हुनेको संख्यामा स्पेनले पनि उछिन्यो चिनलाई

ई-कटुवाल/काठमाडौं 
चिनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस डिजिज (कोभिड-१९) को कारण मृत्यु हुनेको संख्यामा स्पेनले पनि चिनलाई उछिनेको छ। पछिल्लो २४ घण्टामा स्पेनमा थप ६५६ जनाको मृत्यु भए संगै त्यहाँ कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ३,६४७ पुगेको छ। कोरोना भाइरसको इपिसेन्टर मानिएको चिनले विरामीको उपचारमा उल्लेखनीय प्रगति गरिरहेका बेला विस्वका अन्य मुलुकमा भने संक्रमित हुने र मृत्यु हुनेको संख्यामा डरलाग्दो वृद्धि भएको छ। 

कोरोनाको कारण धेरै मृत्यु भएका १० देशहरू
१. इटाली ७५०३
२. स्पेन ३६४७
३. चिन ३२८७
४. इरान २०७७
५. फ्रान्स १३३१
६. अमेरिका ९४४
७. बेलायत ४६५
८. नेदरल्याण्ड ३५६
९. जर्मनी २०६
१०. बेल्जियम १७८
Previous Post Next Post