नेकपा विवाद उत्कर्षमा, कार्यकर्तामा विभाजनको डर


काठमाडौं सत्तारुढ नेकपामा पार्टी विभाजनको औपचारिक घोषणा गर्ने भन्दा बाँकी सवै काम भइसकेका छन् । पार्टी एक भएपछि दुईवटा पार्टीमा हुने गतिविधी निरन्तर भइरहेका छन् । पार्टीको स्थानीय तहदेखि केन्द्रसम्म दुईवटा पार्टीका गतिविधी भइरहेका छन् ।


कर्णाली प्रदेशमा देखिएको विवादमा केन्द्रबाट दुई अध्यक्षका अलग अलग लिखित निर्देशन दिएका छन् । नेकपा अध्यक्ष केपी ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई लेखेको पत्रमा निवर्तमान मुख्य सचेतक गुलाबजंग शाहलाई जिम्मेवारीमा स्थापित गर्न निर्देशन दिएका छन् ।

तर दाहालले दुई अध्यक्षहरुबीच कार्तिक ८ मा भएको भेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भई अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी समझ्दारी र हाम्रो दलको प्रदेश सभा सदस्यहरुको भावना र मर्मअनुसार कार्यान्वयन गर्न निर्देशन दिएको पत्र पठाएका छन् ।

यस्तै पर्सामा नेकपाको गुटगत विवादका कारण भएको झडपमा एकजनाको ज्यान गएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर–५ परसौनी भाटामा विहीवार पार्टी समायोजनपछि भएको सपथग्रहण कार्यक्रमा दुई पक्षबीच झडप हुँदा पार्टीका सो गाउँपालिका सचिव मुकेश चौरसिया ज्यान गएको हो ।

Post a Comment

Hello

Previous Post Next Post