नाङ्गै सुत्नुका आठ फाइदा

सुत्ने सबैको आ–आफ्नै तरिका हुन्छ । कोही कपडा लगाएर
सुत्छन् भने कोही कपडा नलगाई । एक अनुमानअनुसार १०
प्रतिशत मानिसहरु नाङगै सुत्छन् । तिनीहरुले वास्तवमै
सही गरेका हुन्, किनभने विना कपडा सुत्नु
स्वास्थ्यका लागि फाइदाजनक पनि छ । के–के छन् त
फाइदा ? पढ्नुहोस् :
१. पार्टनरसंग नाङगै सुत्दा छालाको प्रत्यक्षसम्पर्कले
अक्सिटोसिन हर्मोन निस्कन्छ । बन्डिङ हर्मोन पनि भनिने
यसले मानिसमा खुशीको मात्रा बढाइदिनुका साथै तनाव र
उच्च रक्तचापलाई घटाउन मद्दत गर्छ ।
२. नाङगै सुत्दा ढुसीको संक्रमण पनि घटाउँछ ।
महिलाहरुको यौनांगमा हावाको प्रवेशले संक्रमण हुन दिँदैंन र
यौनांग क्षेत्र सुख्खा हुन पाउँछ । तर,
सधैंभरि भित्री वस्त्रमात्रै लगाउँदा तातो र आद्र्र
अवस्थाका कारण ढुसीले बढ्ने अवसर पाउँछ ।
३. सुत्दा कपडा लगाउनुको अर्थ हो, शरीरलाई
तातो बनाइराख्नु । तर, यसले ग्रोथ हर्मोनलाई अवरुद्ध पार्छ ।
यो हर्मोनले बोन डेन्सिटीलाई बढाउँछ, मुटुको रोग र मधुमेह
लाग्ने खतरा कम गर्छ र कोषलाई मर्मत गर्छ । यसका साथै
मांसपेशीको निर्माण गर्नुका साथै आन्तरिक अंगहरुलाई
वृद्धि गर्न मद्दत गर्छ । रोग
प्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै यसले स्वस्थ तौल
निर्माणमा सहयोग गर्छ ।
४. यौनको वातावरणलाई बढाउँछ र शरीरमा अक्सिटोसिन
हर्मोन उत्सर्जनलाई वृद्धि गर्छ ।
५. रातीको समयमा शरीर शान्त र शितल भएपछि कोर्टिसोल
हर्मोनको मात्रा घट्छ । जब हामी अलिकता सुत्छौं,
उठ्दा कोर्टिसोलको मात्रा उच्च हुन्छ । यसले
मानिसमा भोक जगाउँछ । यसले मानिसको तौल बढाउन
पनि मद्दत गर्छ ।
६. जब शरीरलाई ६८ देखि ७० डिग्रीको तापक्रममा राखिन्छ,
एन्टिएजिङ हर्मोन, ग्रोथ हर्मोन र मेलाटोनिनले राम्रोसंग
काम गर्छन् ।
७. नाङगै सुत्दा व्यक्तिले आफ्नो शरीर सहज भएको अनुभव
गर्छ, जसले उसलाई खुशी पनि बनाउँछ । त्यसैले सुत्दा ब्रा,
अण्डरवेयरको चिन्ता नगर्नुहोस् ।
८. नाङगै सुत्नाले छालाले श्वास फेर्ने मौका पाउँछ ।
दिउँसोको समयमा छाला कपडाले छोपिएको हुन्छ । तर, नांगै
सुत्नाले छालामार्फत् शरीरमा हावा प्रवेश गर्न सक्छ । यसले
छालाको रोग लाग्ने सम्भावनालाई घटाउँछ ।

Post a Comment

Hello

Previous Post Next Post