लक्ष्य पुरा गर्ने आशा मरेर गयो।
आफन्त आफन्तैको भरोशा मरेर गयो।।
धन कमाउन बिदेश जान्छु भन्दा ,
राजधानी नपुग्दै लगाएको भिशा मरेर गयो।
केही त गर्छु भन्ने धोको बोकिएता पनी ,
भित्री आत्मै देखी,जिज्ञाशा मरेर गयो।
यादै यादमा बौलाउनु उचीत ठानेन मैले ,
बरु बचपनमै गरेको,तमाशा मरेर गयो।
रामलाई चिनाउने आधार एउटै गजल थियो हजुर,
आजकल साथी भाईले गर्ने,प्रसंशा मरेर गयो।
राम बहादुर भुल।साएल गाँउपालीका ३ नौतोली (डोटी)

