खुसिको खबर : शंकास्पद १८ विरामीको कोरोना रिपोर्ट नेगेटिभ, छिटो सेयर गर्नुहोस्

काठमाडौं 
कोरोना भाइरसको आशंकामा देशका विभिन्‍न अस्पतालका आइसोलेसन कक्षमा भर्ना भएका १८ जना बिरामीहरुलाई कोरोना भाइरसको संक्रमण नभएको प्रमाणित भएको छ।


उपत्यका र उपत्यका बाहिरका विभिन्न अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका १८ जना शंकास्पद बिरामीको नमूना, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको थियो। १८ जनामा सबै बिरामीको रिपोर्ट भने नेगेटिभ (कोरोना संक्रमण नभएको) आएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताए।उनले भने, ‘पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ठाउँबाट आएका १८ शंकास्पद बिरामीको परिक्षण गरेका थियौँ। ती सबैको रिपोर्ट नेगेटिभ आएको छ।'

सूचना अधिकारी गुप्ताका अनुसार सोमबार  नेपालगञ्ज, धनगढी, जनकपुर, धरान, बिराटनगर, बुटवल र चितवनबाट नमुना परीक्षणका लागि ल्याइएको थियो।

यससँगै नेपालमा हालसम्म शंकास्पद भनि परीक्षण गरिएका  ४९६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको ‍छ।

२५ शंकास्पद बिरामीको रिपोर्ट आउन बाँकी

यसैगरी प्रयोगशालमा मंगलबार  थप २५ जनाको कोरोना भाइरसको शंकास्पद नमुना परीक्षणका लागि आएको छ। विभिन्‍न अस्पतालको आइसोलेसन कक्षमा राखिएका बिरामीको नमुना टेकुस्थित प्रयोगशालामा परीक्षण भइरहेको छ। २५ जनाको नमूना परीक्षणको रिपोर्ट २४ घण्टापछि आउने बताइएको छ।
Previous Post Next Post