काठमाडौं - न्युज24 नेपालका टेलिभिजन पत्रकार रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेलमा कोरोना संक्रमण देखिएको छ।
मंगलबार सामान्य ज्वरो आएपछि पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। आफू र आफ्नी श्रीमतीमा कोरोना संक्रमण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।