स्वास्थ्य सेवामा लुम्बिनी प्रदेशमै अब्बल देखियो प्यूठान


३० कात्तिक, बुटवल। आर्थिक वर्ष २०७६/०७७ मा प्युठानमा संचालित स्वास्थ्य कार्यक्रमका गतिविधिहरु लुम्बिनी प्रदेशभरमै उत्कृष्ठ ठहरीएका छन । यहि कात्तिक २५ देखी २७ गतेसम्म बुटवलमा आयोजित आ.व. २०७६/७७ मा सन्चालित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठी कार्यक्रममा वार्षिक प्रगतीको सुचाङ्कका आधारमा स्वास्थ्य कार्यालय प्युठानले प्रदेश स्तरमै ‘प्रथम स्थान’ हासिल गरेको छ ।




गत आर्थिक वर्षभरी प्रदेशमा संचलन गरीएका स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगती मुल्याङ्कन अन्तर्गत स्वास्थ्य कार्यालय प्युठानलाई उत्कृष्ठ ठहर गरीएको हो । सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले आयोजना गरेको उक्त समिक्षा कार्यक्रममा ८१.६ अंक ल्याएर प्युठान प्रथम, ७७.१ अंक ल्याएर गुल्मी द्धितिय र ७६.४ अंकसहित रुपन्देही तेस्रो हुन सफल भएका छन । वार्षिक समिक्षामा बर्दिया र बाँके क्रमश पाचौं र छैठौं नम्बरमा परेका छन ।

Post a Comment

Hello

Previous Post Next Post